Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आमाको हत्या आरोपमा २० वर्षीय युवक पक्राउ

रूपन्देहीको कञ्चन गाउँपालिकामा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन्।

प्रहरीका अनुसार कञ्चन गाउँपालिका वडा नं. १ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय सालझण्डीले परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको जानकारी दिएको छ। सरोजले बुधबार राति करिब १ बजेतिर पार्वतीको आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरमा मृतक पार्वती र सरोज मात्रै बस्दै आएका थिए। सरोज पार्वतीका कान्छो छोरा हुन् भने जेठो छोरा रोजगारीको लागि भारतमा रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले घटनालगत्तै उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको जानकारी दिए।