Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

डोनाल्ड ट्रम्पको मुद्दामा एक करोड डलर तिर्दै एलन मस्क

विश्वका धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सले त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक करोड डलर तिर्ने भएको छ । त्यति बेलाको ट्विटरका संस्थापक ज्याक डोर्सीअन्तर्गत रहेका बेला एक्समा ट्रम्पलाई प्रतिबन्ध लगाइएको थियो ।

सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकी संसद् भवन क्यापिटल हिलमा आक्रमण गरेपछि उनको अकाउन्ट ट्विटरले बन्द गरेको थियो । ट्रम्पको टिम मस्कसँगको राम्रो सम्बन्धका कारण उक्त मुद्दा फिर्ता लिन तयार भएको भनिएको छ ।

मस्कले किनेपछि २०२२ मा ट्रम्पको ट्विटर अकाउन्ट पुनर्स्थापित गरेका थिए । त्यसपछि ट्रम्पको चुनावी अभियानमा उनले २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए । यसअघि, यस्तै किसिमको मुद्दा सुल्झाउन सामाजिक सञ्जाल कम्पनी मेटा पनि २५ करोड अमेरिकी डलर तिर्न तयार भएको थियो ।