Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु

सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ।

भैसी गोठमा घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीलाई भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो।