Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मेलम्ची खानेपानीको पानीको पाइप फुटेपछि बबरमहल क्षेत्र डुबानमा

विशेष अदालत र काठमाडौं जिल्ला अदालत डुबानमा

मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेपछि बबरमहल क्षेत्र डुबानमा परेको छ। मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा विशेष अदालत वन कार्यालय परिसर डुबानमा परेको हो।

babarmahal-duban-4.jpg

सो क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ । विशेष अदालतमा पानी पसेपछि भुइँतलाका सबै कागजपत्र र कम्प्युटर माथिल्लो तलामा सारिएको छ । विशेष अदालतले बुधबारका लागि तोकिएको सबै सुनुवाइ पनि स्थगित गरेको छ ।

babarmahal-duban-3.jpg

डुबानले गर्दा सडकमा आवतजावत गर्ने पैदल यात्रु तथा सवारीसाधनहरूलाई समेत कठिनाइ भएको छ।  समस्याको पहिचान गरी पानी नियन्त्रणका लागि काम भइरहेको बताइएको छ। 

 

अहिले बिजुली बजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक बन्द भएको छ ।