Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रोल्पामा अटो दुर्घटनमा: एक जनाको मृत्यु, दुई जना घाइते

रोल्पामा अटो दुर्घटनमा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते छन्।

मंगलबार भएको दुर्घटनामा रुन्टीगढी गाउँपालिका वडा नम्बर २ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। 

दुर्घटनामा परी सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी वडा नम्बर १ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरू दुबैको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। 

दुबै जनाको जिल्लाकै अस्पतालमा उपचार भइरहेको छ।