Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आफ्नै घरभित्र एक महिलाको शव फेला

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी र्दिए।

सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो।

गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आउनुभएको वडाध्यक्ष आङ्गबोले बताउनुभयो। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ।