Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आज यी स्थानमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना छ। यी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने मधेस र लुम्बिनी प्रदेशको मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।