Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

छविलाल जोशीलाई थुनामा पठाइयो

जिल्ला अदालत, रुपन्देहीले पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जोशीलाई अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले आज सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो। यसअघि उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।


रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफै अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ।