Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चाबहिलमा एक युवकको हत्या

काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ।

चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन्। यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ।

घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ।