Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कोशी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

कोशी प्रदेश लोकसेवा आयोगले प्रशासन, लेखा, स्वास्थ्य इन्जिनियरिङ र कृषितर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।

आयोगले सोमबार जारी गरेको सूचनाअनुसार प्रशासन, स्वास्थ्य इन्जिनियरिङ कृषितर्फ चौथो तहको कर्मचारी माग गरेको हो। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेका र स्वास्थ्य सेवातर्फका ४५ वर्ष पूरा नभएको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।