Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मोटरसाइकल सोलारको पोलमा ठोक्किँदा दुई युवकको मृत्यु

पोखरामा सोलारको पोलमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

पोखरा ६, लेकसाइडस्थित स्ट्रिट नम्बर ३ मा शनिबार राति लेकसाइबाट सहिदचोकतर्फ जाँदै गरेको ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाई सोलारको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा २४, कास्कीकोटका २१ वर्षीया सफल रानाभाट र पोखरा ८, सिमलचौर निवासी २१ वर्षीय सुजल अधिकारी घाइते भएका थिए । उनीहरुलाई गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले राति २ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।

दुर्घटनाको खबरपछि वडा प्रहरी कार्यालय, बैदामबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो । घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।