Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अवकाशको एक महिना अघि नै एआईजी केसीले दिए राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले अवकाशको ४० दिन अगाडि नै राजीनामा दिएका छन्। अवकाशमा जान ४० दिन बाँकी छँदै उनले शुक्रबार नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवरकै ब्याजी हुन् । उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।


सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवासँगै उनी प्रदेश समन्वय विभागमा पदस्थापन भएका थिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ।