Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस सडकदेखि तल खोल्सामा खसेको छ ।


चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पौने पाँच बजेतिर नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३००१ ख ००७७ नम्बरको बस सेती दोभानमा पुलबाट १५-२० मिटर तल खोल्सामा खसेको हो ।

बसमा २९ जना यात्रु रहेको विवरण प्राप्त भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । १५ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुरका अस्पताल लगिएको छ । उद्दार कार्य जारी नै छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक केसीले बताए ।