Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

१० वर्षका दाजुले भरुवा बन्दुक चलाउँदा आठ वर्षका भाइको गोली लागेर मृत्यु

दाङमा एक बालकको गोली लागेर मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ साम्वाहमा बन्दुकको गोली लागेर पुष्कर केसीका आठ वर्षीय छोरा भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरीले हत्याको आरोपमा पुष्करका जेठा छोरा भुवनका दाजु १० वर्षीय शिशिर केसीलाई नियन्त्रणमा लिएको छ । घरमा बाजेले लोड गरिराखेको बरुवा बन्दुक शिशिरले चलाउँदा भाइलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । 

प्रहरी नायव उपरीक्षक शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकका बुबा–आमा रोजगारीका लागि घर बाहिर रहेको प्रहरीले जनाएको छ ।