Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विद्यालयबाट घर फर्किदै गर्दा भीरबाट लडेर प्रधानाध्यापकको मृत्यु

दार्चुलाको अपिहिमाल गाउँपालिका–६ मा भीरबाट लडेर एक प्रधानाध्यापकको मृत्यु गएको छ।

भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।मार्मा गाउँपालिका–२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार भीरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको थियो ।