Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आफ्नै साथीले कुटेका युवकको मृत्यु

इलाममा आफ्नै साथीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको हो ।

माघ २४ गते साँझ ७ बजेतिर काम गरेर फर्किंदै गर्दा आफ्नै साथीले उनीमाथि कुटपिट गरेका थिए । उपचारका लागि झापा लैजाने क्रममा कन्याम पुगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदै थियो । कुटपिट गर्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।