Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कैलालीमा आमा–छोरी मृत फेला

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेका छन् । दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।