कालीकोटमा ट्रक दुर्घटना गाडीधनीको मृत्यु भएको छ ।
नरहरिनाथ गाउँपालिका– ८ मा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा नरहरीनाथ–५ रुप्साका ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । देउवा ट्रक धनी रहेको प्रहरीले जनाएको छ ।
लालु गाउँबाट मकै र भटमास लिएर सुर्खेत फर्किने क्रममा स्थानीय हलेसे भिरबाट तल खसेर ट्रक दुर्घटना भएको हो । ट्रक चालकले भने फाल हानेर ज्यान जोगएका छन् ।
ओरालो सडकमा आफै अनियन्त्रित भएकार ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकाटेका प्रमुख डीएसपी टेकबहादुर रावतले जानकरी दिए । दुर्घटनामा गम्भीर घाइते भएका देउवालाई उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्रक सडकबाट २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।