Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा. सुवास आचार्य

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा.सुवास आचार्य नियुक्त भएका छन् । छनोट समितिले दिएको सिफारिसमा आचार्यलाई नियुक्त गरिएको हो ।

डा. आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखमा कार्यरत छन् । यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेती पाएका छन् ।

यसअघि उनी सहायक क्याम्पस प्रमुखमा थिए । कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा चार जनालाई चार जनालाई छनोट गरेको थियो ।

 जसमा प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै माघ २३ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो । जससमध्ये डा. आचार्यलाई समितिले छनोट गरेको हो ।