Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बौद्धमा बाटो काट्दै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

महानगरपालिका–६ बौद्ध टुसालमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

बा.५ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ७७ वर्षीया तारा कुमारी भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।