काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् ।
सामाजिक सञ्जालमार्फत ठगी गरेर पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमा आतंक फैलाएको, समाजमा अशान्ति सिर्जना गरेको र आपराधिक क्रियाकलापपछि पीडितलाई डर र त्रासमा पारेको भन्दै विशेष अपरेशन सञ्चालन गरेको हो ।
उनीहरुले ग्याङ देखाएर तरबार र हतियारहरूको प्रदर्शन गर्दै केक काट्ने भिडियो सामग्री सामाजिक सञ्जालमा अपलोड गरेका थिए । प्रहरीले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहलाई कडा कारबाही गर्ने जनाएको प्रहरी यसका लागि विशेष टोली गठन गरेर अपरेशन सुरु गरेको हो ।
पछिल्लो समय आपराधिक समूहको शैली फेरिएको र त्यसको आधारमा गतिविधि हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।