Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

उपरथी रायमाझीलाई सैनिक इन्टेलिजेन्सको जिम्मेवारी

नेपाली सेनाका उपरथी नहकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  रायमाझीलाई पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । योसँगै उनले सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मेवारी पाएका छन् । 

अब सूचना सङ्कलनमा महत्त्वपूर्ण मानिने महानिर्देशनालयको महानिर्देशकका रूपमा रायमाझीले काम गर्नेछन्।