Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पाथीभरा केबलकार निर्माणको विरोध गर्दा पक्राउ परेका तीन जना रिहा

पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन ‘नानी’ सहित तीन जना रिहा भएका छन्।

ताप्लेजुङ जिल्ला अदालतले मादेनलाई १० हजार, सिदिङ्वा गाउँपालिका–५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटनापछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनापछि आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाइ गर्ने सहमति थियो । सोही सहमति अनुसार उनीहरुलाई रिहा गरिएको बताइएको छ ।