काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत्त फेला परेकी छन् । उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बर्दियाबाट उनको परिवार आउँदै छन् । प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । उनका श्रीमान वैदेशिक रोजगारमा रहेको स्रोतले जानकारी दिएको छ ।