Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रवि लामिछाने चितवन अदालतमा उपस्थित

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने बुधबार बिहान अदालत उपस्थित भएको उनका सहयोगी प्रमोद न्यौपानेले जानकारी दिए ।

अदालतमा आजैदेखि उनको बयान सुरू हुनेछ । रवि १० नबज्दै अदालतमा उपस्थित भएको जिल्ला अदालतमा श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनी हिजो नै चिवतन पुगेका थिए । मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।


१२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दा मात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।