Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टेलिकमका २०१ कर्मचारीलाई सुन–चाँदी मिश्रित पदक, एक महिनाको तलव थप

नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर २०१ जना कर्मचारीलाई सम्मान गरेको छ ।

२० वर्षभन्दा बढी समय काम गरेर उनीहरुलाई टेलिकमले दीर्घसेवा पदक र एक महिनाको तलब प्रदान गरेको हो। पदकमा ५ ग्राम सुन र २ तोला चाँदीमिश्रित छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ समेतको उपस्थितिमा टेलिकमले वार्षिकोत्सव मनाएको थियो । सोही कार्यक्रममा कर्मचारी पनि सम्मानित भएका हुन् ।

पदक सबैलाई समान भए पनि तलब रकम भने उनीहरुको पदअनुसार फरक–फरक रहेको छ ।