Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

राजधानीका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विजुली अवरुद्ध हुने (सूचनासहित)

राजधानी काठमाडौंका विभिन्न स्थानमा आज सोमबारदेखि आठ दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले राजधानीका एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

जसअनुसार आज माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

s(1).png