Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

'प्रहरीको डीएसपी हुँ’ भन्दै ठगी गर्ने २० वर्षीय युवक पक्राउ

नेपाल प्रहरीको ‘डीएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एकजनालाई शनिबार पक्राउ गरिएको छ ।

सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

उनका अनुसार, धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद ५० हजार रुपैयाँ ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक यादवले भने, “साहले आफू डीएसपी भएको भन्दै रु ५० हजार ठगी गरेको बारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।”

साहमाथि ठगी कसुर मुद्दामा अनुसन्धान थालिएको उनले जानकारी दिए ।