Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सँगै कार्यरत महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा बिर्तामोड नगरपालिकाका सिनियर अहेब सापकोटा प्रहरी नियन्त्रणमा

सँगै कार्यरत महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा बिर्तामोड नगरपालिकाका सिनियर अहेब सापकोटा प्रहरी नियन्त्रणमा लिएको छ ।

अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो। स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप सापकोटामाथि छ ।

बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली उक्त स्थानमा पुगेको थियो । प्रहरीले सापकोटा र ति महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इन्चार्ज मनपुर चौधरीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।