Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कुम्भमेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० बढी घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधवार बिहान भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० जना पुगेका छन् ।

भारतीय अधिकारीहरूले भागदौडमा आज साँझसम्ममा कम्तीमा ३० को मृत्यु र ६० जना घाइते भएको पुष्टि गरेका छन् ।मृतकमध्ये २५ जनाको पहिचान गरिएको छ।

डिआईजी वैभव कृष्णको भनाइ उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको अमृतस्नानका बेला उक्त घटना भएको थियो ।

भीडले नदीहरूको संगमस्थलमा लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलमठेल गरेपछि भागदौड मच्चिएको हो ।