Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डेढ करोड हिनामिनामा संलग्न नेपाली सेनाका पूर्वजमदार जेल चलान

नेपाली सेनाका पूर्वजमदार रबिन्द्र लुङगेली जेल चलान भएका छन् ।

सेनाको कल्याणकारी कोषको रकम हिनामिनाको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश हर्कबहादुर खत्रीको इजलासले कारागार पठाउन आदेश दिएको हो ।

सेनाको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर,काठमाडौंले उनलाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । उनीमाथि डेढ करोड हिनामिनाको आरोप थियो ।

सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा उनले तत्कालिन मेजर समिर कुमार गुरुङसँग मिलेर फर्जी चेकमार्फत रकम निकालेका थिए । गुरुङ भने फरार रहेका छन् ।