Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा फोटो प्रदर्शनी

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत् प्रदर्शनी–२०८१’ सुरु भएको छ । महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजित उक्त प्रदर्शनीको प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा शुभारम्भ गरेका थिए । 

RS_KTM_RSS_15_RATL0103(1).jpg

यही माघ १८ गतेसम्म चल्ने सो प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरण राखिएका छन् ।

RS_KTM_RSS_15_ (1).jpg

त्यसका साथै सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।

RS_KTM-RATL0226.jpg

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपद् प्रतिकार्य र विश्व शान्तिलगायत विभिन्न युनिट कार्यजिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिए। 

RS_KTM_RSS_!%_RATL0082.jpg

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

RS_KTM_RSS_15_RATL0120.jpg

प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सेनाले जनाएको छ ।