Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काठमाडौंका यी स्थानमा आजदेखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं उपत्यकाका केही स्थानमा आजदेखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुनेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

माघ १६ गते (भोलि) मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र बिजुली जानेछ । 

माघ १८ गते केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । 

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।