Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो

पोखराको गहना पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ ।   आफ्नो स्वामित्वमा रहेको डेविज फल्स संचालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय आफंैले लगाएको ताला आज बिहान खोलिएको हो ।  

आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले उक्त पातले छाँगो महानगरपालिकाले आफैं संचालन गर्ने सहमति भएपछि आज बिहानै महानगरपालिकाका प्रवक्ता एवम पोखरा २५ का वडाअध्यक्ष मोतिराज तिमिल्सिना र पोखरा ५ का वडाअध्यक्ष बिष्णुप्रसाद बराल त्यहाँ लागेको ताला खोल्न पुगेका थिए ।  तर केही स्थानीय बासिन्दा, छोरेपाटन उच्च माविका अभिभावक एंव विद्यार्थीहरुले विरोध गरेका थिए । 


छोरेपाटन उच्च माविका पूर्वविद्यार्थी एंव नेपाली कांग्रेसका स्थानीय नेता देवराज आचार्यले महानगर आफैंले संचालन गर्ने शर्तमा आफूहरु पातले छाँगोमा लगाइएको ताला खोल्न तयार भएको जानकारी दिंदै अन्यथा आफूहरु फेरी आन्दोलनमा उत्रने चेतावनी दिए ।