Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नाराद्वारा फोटो पत्रकार प्रदीपकुमार श्रेष्ठ सम्मानित

नेपाल जलयात्रा पर्यटन प्रवर्द्धनका लागि फोटो मार्फत योगदान गरेको भन्दै नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा) ले पहिलो पटक फोटो पत्रकारलाई सम्मान गरेको छ ।

पहिलो पटक आयोजान गरिएको सम्मान कार्यक्रममा फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई सम्मान गरिएको छ। यो सम्मान पहिलो पटक दिएको सम्मान हो ।

संस्थाका निवर्तमान अध्यक्ष शिव अधिकारीले फोटो मार्फत संस्थाको गतिविधिलाई देखाउने पत्रकारलाई सम्मान गर्नु पर्छ भन्ने उदेश्यका कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले अबका दिनमा फोटो पत्रकारलाई पनि सम्मान गर्ने बताए।