Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

माओवादीले गर्‍यो कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको आज आइतबारको बैठक अवरुद्ध गरेको छ । वार्षिक १० हजार जनालाई रोजगारी दिने आफ्नो नेतृत्वको सरकारको कार्यक्रम अलपत्र पारिएको भन्दै माओवादी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु भए लगत्तै माओवादी संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएका थिए । लगत्तै अन्य माओवादी सांसदहरु पनि उठेका थिए ।

 माओवादीको विरोधपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेकी छन् । बैठक सुचारु गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।