Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तारकेश्वरमा गहनासहित धनमाल चोरी

काठमाडौँको तारकेश्‍वर नगरपालिका ६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ ।

 बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी भएको हो । कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।