Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

गाडीमा यात्रा गरिरहेका बेला युवकको मृत्यु

बुटवलबाट बागलुङ जाँदै गरेका एक यात्रुको गुडिरहेको गाडीमै मृत्यु भएको छ । 

शनिबार बुटवलबाट बागलुङ जाँदै गरेको लु १ ज ३२५१ नम्बरको हाइसमा सवार बागलुङको बडिगाड गाउँपालिका–५ का ३६ वर्षीय बुद्ध परियारको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

परियार गाडीमै अचानक बेहोस भएपछि उपचारका लागि सोही गाडीले नै जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शव सोही प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको छ ।

गाडी र चालक भने इलाका प्रहरी कार्यालय जोहाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।