पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शुक्रबार साँझ पर्वतको क्याङ केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो । साँझ ७ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सानो तिव्रताको भूकम्प गएका कारण कुनै भौतिक र मानवीय क्षति भएको भने विवरण आएको छैन ।