अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी वरिष्ठ सहायक कमला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।\उनीविरुद्ध शुक्रबार विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदोन्नति भएको पाइएको आयोगको दाबी छ ।