Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

सुन आज भने तोलामा १ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै आज शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।