मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ ।
हलचोकस्थित सशस्त्रको मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले आचार्यलाई प्रसंसापत्र प्रदान गरेका हुन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आचार्यलाई ‘आईजी एपिएफ कमेन्डेसन’ प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।