Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भाडाको विषयमा विवाद चलिरहेका बेला बसको ढोकाबाट खसेर महिलाको मृत्यु

गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रु महिलाको मृत्यु भएको छ । भाडाको विषयमा विवाद भइरहेका बेला इस्मा गाउँपालिका–५ रातामाटाकी ३९ वर्षीया शान्ति कुमाल ढोकाबाट खसेकी थिइन् ।

उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । 

गुल्मीको तम्घास–छल्दी–सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो । 

सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुण्डिन पुगेकी थिइन् ।