Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता, ग्यास सिलिण्डर चुनाव चिन्ह

राजेन्द्र महतो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

आज मंगलबार निर्वाचन आयोगमा महतोको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक दल दर्ता भएको हो । दलको चुनाव चिन्ह ग्याँस सिलिण्डर रहेको छ भने गाढा निलो रंगको आयातकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ । दल दर्ता नं. २०१ कायम भएको छ ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

 काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।