Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सिंहदरबारमा रित्तै छिरे मेयर हर्क साम्पाङ, खाली गाग्री प्रहरीले राख्यो

धरानका मेयर हर्क साम्पाङले रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।


उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका थिए । साम्पाङ्ग अहिले खानेपानी मन्त्रालय छिरेका छन् ।

संघीय सरकारले ध्यान नदिएको भन्दै उनी धरानबाटै रित्तो गाग्री लिएर काठमाडौँ आएका छन् । खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ । राई सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षामा कडाइ गरेको हो ।