Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भीरमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा त्यसमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।


मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । ‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ’, उनले भने ।