Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुबै विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगावितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाएको जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमाहाल १३४ वटा कार्यालयहरु र १२५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।