धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । उनी रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका हुन् ।
उनी धरानमा खानेपानीको समस्या समाधानको माग गर्दै रित्तो गाग्री बोकेर आएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानीमन्त्री प्रदीप यादवसँग भेट्ने बताइएको छ ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै साम्पाङ खाली गाग्री लिएर आएका हुन् । आज सोमबार काठमाडौं आएका उनले मंगलबार खाली गाग्रीसहित सिंहदरबार जाने बताएका छन् ।