Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिला पनि पक्राउ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पनि पक्राउ गरेको छ।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो ।


यसअघि प्रहरीले दुई पुरुषलाई पक्राउ गरिसकेको छ । माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो ।

अरु फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ।