Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सर्लाहीको हरिपुर्वामा कम्बल वितरण कार्यक्रम सम्पन्न (हेर्नुहोस् तस्विर)

सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ६ मा दलित, अपाङ्गता भएका व्यक्तिहरू र अति विपन्न घरपरिवारलाई कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

New Project (49).jpg

कम्बल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रंधिर यादवले चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई बढी असर पुर्‍याएको अवस्थामा यस्ता सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने विश्वास गरिएको बताए।

New Project (50).jpg

चिसो मौसमबाट  प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्बल बितरण कार्यक्रमको आयोजना गरीएको वडा अध्यक्ष रायले जानकारी गराए । यस कार्यक्रममा जम्मा असी घर परिवार अपांगता भएको ब्यक्ति तथा अति बिपन्न घर परिवारलाई कम्बल बितरण गरिएको जानकारी समेत अध्यक्ष रायले गराए।

New Project (51).jpg

यस कार्यक्रमले चिसोबाट प्रभावित समुदायलाई ठूलो राहत प्रदान गरेको भन्दै स्थानीयले आयोजकलाई धन्यवाद दिएका छन्।

New Project (52).jpg

कार्यक्रममा  बिशिस्ट अतिथि केन्द्रिय सल्लाहकार सत्य नारायण मण्डल ,प्रेस मञ्च नेपालका केन्द्रिय कार्यवाहक अध्यक्ष मनोज यादव,हरिपुर्वा नगरपालिकाका मेयर प्रत्यासि योग नारायण राय लगायतका स्थानिय नेताहरूको समेत उपस्थिति रहेको थियो।